दुलेगौंडा । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापा चैत महिनाको लागि उत्कृष्ट प्रदेश प्रहरी बन्न सफल भएका छन् । उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०८१ बमोजिम गण्डकी प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको हो ।
चैत महिनामा थापाको नेतृत्वमा वर्ष ५५ को मंगल गिरीलाई कर्तब्य गरी मारी फरार रहेका ३ जना मानिसहरुलाई पक्राउ, कार्यालय परिसरमा रहेको दुर्गा भगवती मन्दिर पुनर्निर्माण साथै प्रतिक्षालय समेत निर्माण गरी कार्यालय सौन्दर्गीकरण गरी व्यवस्थित बनाउनु अतुलनिय भुमिका निर्वाह गरेको कारण प्रदेशमा नै उत्कृष्ट कर्मचारी बन्न सफल भएका हुन् । थापाले आफ्नो इलाकामा शान्ति सुरक्षा तथा अमनचयन कायम गरी प्रहरी संगठनको छवि उच्च राख्ने सफल भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र खड्काको भनाइ छ ।