दुलेगौंडा । भानुभक्त बहुमुखी क्याम्पसले स्व. पूर्व क्याम्पस प्रमुख तारानाथ बरालको निधनमा साेमबार शाेक विदा दिएको छ ।
वि.सं. २०४४ देखि २०५१ सालसम्म तनहुँको शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त क्याम्पसको प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनले क्याम्पसकाे उन्नयनमा अतुलनीय याेगदान दिएको हुदाँ उनकाे स्मरण गर्दै क्याम्पसले शाेक विदा दिएको हाे ।
पोखराका प्रख्यात शिक्षासेवी, लेखक तथा मानवअधिकारकर्मी तारानाथ बरालको निधन शनिवार विहान निधन भएको हो । वि.सं. २०१० साल असोज २१ गते कास्कीको मादी गाउँलवपालिका–तपारङ्गमा जन्मेका बरालले नेपाली शिक्षाक्षेत्रमा झन्डै चार दशक सक्रिय योगदान दिए । वि.सं. २०३६ सालदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पस, बागलुङबाट अध्यापन सुरु गरेका उनी वि.सं. २०७४ सालमा पृथ्वीनारायण क्याम्पसबाट सेवा निवृत्त भएका थिए ।
वि.सं. २०४४ देखि २०५१ सालसम्म तनहुँको शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त क्याम्पसको प्रमुखको जिम्मेवारी सम्हालेका थिए । एक वर्ष खैरेनी माविबाट सञ्चालन भएको क्याम्पस बेलचौतारा आएपछि उनै बरालले नेतृत्व गरेका थिए ।
स्वर्गीय बराल मानव अधिकार संगठन कास्कीका पूर्वअध्यक्ष समेत हुन् ।
भानुभक्त बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष दुर्गा कुमार श्रेष्ठले उनको निधनप्रति दुःख व्यक्त गर्दै शुरुवातको समयमा बरालले क्याम्पसलाई गरेको योगदानको स्मरण गरे । श्रेष्ठले बरालको निधनले नेपाली शैक्षिक जगतले एक समर्पित मार्गदर्शक गुमाएको उल्लेख गरे ।