दुलेगौंडा । बहुराष्ट्रिय कम्पनि सूर्य नेपाल प्रालिले शुक्लागण्डकी नगरपालिका–१२ मा रहेको फिरफिरे स्वास्थ चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्र्तगत रहेर करिव २२ लाख मूल्य बराबरको ‘बि टाइप’ एम्बुलेन्स हस्तान्तरण गरेको मानव संसाधन प्रमुख अन्जन दुवाडीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश शभा सदस्य श्यामराजा महत सूर्य नेपालले एम्बुलेन्स मात्रै नभई धेरै सर्वधाधरण नागरिकको जीवनको रक्षा गर्न अहम भूमिका निर्वाह गरेको बताए । साथै उनले नगर पालिका संगै छिमेकी पालिकाका नागरिकका पनि यस एम्बुलेन्सबाट लाभाम्बित हुने बताए ।
कार्यक्रममा बोल्दै सूर्य नेपाल प्रा.लिका कारखाना प्रमुख बाबुराम कार्कीले एम्बुलेन्सको आवश्यक हेरचाह, संरक्षण, मर्मत संभार तथा यथोचित उपयोग हुनेमा विस्वस्त रहेको बताए । साथै उनले भविष्यमा समेत शुक्लागण्डकी नगरपालिका संगको सहकार्यमा बिभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमा शुक्लागण्डकी नगरपालिका १२ का अध्यक्ष इन्द्र गुरुङ साथै फिरफिरे स्वास्थ शाखा प्रमुख, सूर्य नेपाल प्रा.लि तनुहँका प्रतिनिधिहरु, विभिन्न समाजसेवीको उपस्थितीरहेको थियो ।