दुलेगौंडा । खैरेनी माध्यमिक विद्यालयको एसइइ ब्याज २०६३ ले कलेजोको क्यान्सर भएका बिरामीलाई आर्थिक सहयोग गरेको छ ।
२०६३ सालमा संगै एसइइ दिएकी सबिना श्रेष्ठको श्रीमान दिपक श्रेष्ठको कलेजोमा क्यान्सर देखा परेपछि आर्थिक अभावमा उपचार गर्न कठिन भएको हुदाँ समूहबाटै आर्थिक सङ्कलन गरेर सहयोग गरेको समूहका सदस्य रमेश विकले बताए । उनका अनुसार क्यान्सर भएका श्रेष्ठको उपचारका लागि ६० हजार २०२ रुपैया सहयोग प्रदान गरिएको छ । एक साथीलाई गाह्रो पर्दा अर्को साथीले सहयोग गर्नुपर्छ भन्ने हेतुले उक्त रकम श्रेष्ठ परिवारलाई उपचार खर्च स्वरुप प्रदान गरिएको श्रेष्ठको भनाई छ ।
क्यान्सर भएपछि श्रेष्ठ हाल भरतपुर स्थित वि।पि कोइराला मेमोरियल क्यान्सर हस्पिटल उपचारत अवस्थामा रहेका छन् । पारिवार स्रोतले पनि उपचारमा सहयोग गरिदिन आग्रह गरेको छ । हाल श्रेष्ठ परिवार देवचुली नगरपालिका–९ प्रगतिनगर बस्दै आइरहेका छन् ।