दुलेगौंडा । जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको बोर्ड सदस्य त्रिलाेचन लम्साल मनाेनित भएका छन् ।
जी.पी. कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार विकास समिति (गठन) आदेश, २०७० (पहिलो संसोधन २०७१) को दफा ३ को उपदफा २ को खण्ड (ङ) बमोजिम चैत ७ गते बसेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णयानुसार चार वर्ष पदावधि रहने गरी लम्साललाई मनोनयन गरिएको हाे ।
लम्साल यसअघि शुक्लागण्डकी नगरपालिकाका स्वकीय सचिव रहेका थिए । उनले उक्त पदबाट राजिनामा दिएपछि उनी जीपीकाे बाेर्ड सदस्यमा मनाेनित भएका हुन् ।