• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

शुक्लागण्डकीमा सार्वजनिक सुनुवाई

हरि खरेल by हरि खरेल
March 11, 2025
in स्थानीय समाचार
A A
0
शुक्लागण्डकीमा सार्वजनिक सुनुवाई
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा । नगरबासीहरुलाई स्थानीय सरकारले सम्पादन गरेको कामहरुको बारेमा जानकारी दिन र जनताको गुनासो सुन्न तनहुँको शुक्लागण्डकी नगरपालिकाले मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

जनस्तरलाई आवश्यक सुझाव समेत संकलन गर्ने उदेश्यसहित नगरपालिकाले शुक्लागण्डकी पत्रकार मञ्चसँग समन्वय गरेर सार्वजनिक सुनुवाई गरेको हो । यस बर्ष शुक्लागण्डकी नगरपालिका वडा नम्वर ५, ६, र ७ नम्वरका नागरिकहरुलाई उपस्थित गराई उनीहरुबाट, सुझाव, समस्या र नगरपालिकाले गरेका कामहरुको बारेमा जानकारी दिइएको थियो ।

चालु आर्थिक वर्षमा १ अर्ब २४ करोडको बजेट सार्वजनिक भएको, २० करोड ९२ लाख आन्तरिक आयको लक्ष्यमा करिव ५० प्रतिशत हालसम्म संकलन भएको, तीन सय बढी योजना मध्य ७० प्रतिशत सम्झौता भएको र १४ वटा बोलपत्र आह्रान गरि नगरपालिका योजना सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिए ।

नगरबासीहरुले विकास निर्माणमा जनप्रतिनिधीबाट गरेको अपेक्षा र वास्तविक अवस्था मेल नखाएको भन्दै अधिकाँशले गुनासो गरेका थिए । नागरिकहरुले जिपि कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा विमाबापत उपचार गराएपनि औषधी नपाउने समस्यादेखि शुक्लागण्डकीमा ढुँगा गिटी बालुवाको अवैध उत्खनन् हुने गरेको, सुकुम्वासीहरुको समस्या समाधान नभएको, विस्तारित राजमार्गको काम अस्तब्यस्त बनेको, कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रमा प्रभावकारी काम नभएको लगायतका समस्या समाधान गर्न जनप्रतिनिधीहरुलाई आग्रह गरेका थिए ।

सार्वजनिक सुनुवाईमा नागरिक पहिलो अभियानका शुक्लागण्डकी संयोजक जनार्दन वियोगी, बेलचौताराका स्थानीय कमलराज घिमिरे, दिनानाथ पौडेल, सन्जय थापा सार्की, जीतबहादुर कार्की, रुपा राना, जायश्वर पाण्डे, कलावती श्रेष्ठ लगायतले जनताको समस्यामा छलफल गर्न जनप्रतिनिधीहरु तयार नहुने गरेको, नगरपालिकाले कृषि संकलन केन्द्र सञ्चालन गर्न नसकेको,सार्वजनिक जमिनको संरक्षणमा स्थानीय सरकारले चासो नदिएको, विषय विज्ञ प्राविधिकको अभावमा समस्या भोग्नुपरेका लगायतका गुनासो गरेका थिए ।

उक्त कार्यक्रममा जनस्तरबाट प्राप्त सुझाव तथा प्रश्नहरुको जवाफ दिदै नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक राजु, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे लगायतले नगरपालिकाले जनताको पक्षमा काम गरिरहेको दावि गरे । उनीहरुले बर्तमान आर्थिक मन्दिको समस्याले नगर सरकारसमेत प्रभावित भएको भन्दै जनताको सवै मागहरु पुरा गर्न नसकेको बताए ।

कार्यक्रममा नगर प्रमुख पण्डितले कृषी उपज संकलन केन्द्र केही समस्यामा सञ्चालन हुने, नगरपालिकाबाट प्रदान गरिने सेवालाई प्रभावकारी बनाउने लगायतका प्रयास गरिने प्रतिवद्धता ब्यक्त गरे । यस्तै उपप्रमुख विकले पाँच बर्षीय कार्यकामा नगरपालिकालाई समृद्ध बनाउने प्रयास गरिने दावि गर्दै नराम्रो काम जनप्रतिनिधीहरुबाट नहुने दावि गरे । कार्यक्रममा नगरपालिका विभिन्न शाखामा कार्यरत रहेको शाखा प्रमुखहरुले चालु आर्थिक बर्षमा सम्पादन भएको कार्यक्रम र योजनाको अवस्थाका बारेमा जानकारी दिएको थिए । कार्यक्रमको सञ्चालन मञ्चका अध्यक्ष राजन उपाध्याय र बहिर्गमन अभिमत र नागरिक प्रतिवेदन मञ्चका सदस्य विनोद ढुंगानाले प्रस्तुत गरेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
स्थानीय समाचार

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
स्थानीय समाचार

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
स्थानीय समाचार

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
स्थानीय समाचार

अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण
स्थानीय समाचार

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत
स्थानीय समाचार

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.