दुलेगौंडा । व्यक्तित्व विकास साथै सामाजिक कार्यमा सक्रिय रहेको शुक्लागण्डकी जेसीजले निजी तथा सामुदायिक विद्यालयका चालक, सहचालक र विद्यार्थीलाई ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
पृथ्वी राजमार्गको विस्तार सँगै सडक दुर्घटना अत्याधिक बढिरहेको र सो दुर्घटनालाई न्युनिकरणका लागि यो कार्यक्रम गरिएको शुक्लागण्डकी जेसिजका कार्याकारीणी उपाध्यक्ष जेसी मदन सिग्देलले जानकारी दिए ।
१० विधालयका ३५ जना चालक , सहचालक तथा २०० जना भन्दा बढी विधार्थीहरुको सहभागिता रहेको कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख पोषण थापा, अस्थायी ट्राफिक पोष्ट बेलचौताराका इन्चार्ज इन्द्र सारु मगरले सवारी दुर्घटनामा, क्षति न्यूनीकरण र दुर्घटनापछि नागरिक र प्रहरीले गर्नुपर्ने भूमिकाबारे स्पष्ट पारेका थिए । साथै विद्यार्थीलेले यातायातमा चढ्दा, ओर्लदा, बाटाे काट्दा ध्यान दिनुपर्ने कुराबारे सचेत गराएका थिए ।
शुक्लागण्डकी जेसीजका वर्ष २०२५ का अध्यक्ष प्रकाश बि.क को सभापतित्वमा सञ्चालित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, शुक्लागण्डकी नगरपालिकाका उप-प्रमुख खुम बहादुर बि.क (राजु), शुक्लागण्डकी नगरपालिका-१० का वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्री, वडा नं. ६ का वडाध्यक्ष बुद्धि बहादुर थापा, वडा नं. ५ का वडाध्यक्ष दिर्घ बहादुर थापा , वडा नं. ४ का वडाध्यक्ष राजकुमार वाग्ले , वडा नं. १ का वडाध्यक्ष रविचन्द्र पौडेल, शुक्लागण्डकी जेसिजका पुर्वअध्यक्ष जेसी दुर्गा प्रसाद सिग्देल, जेसी मदन श्रेष्ठ, जेसी शिब बहादुर बि क ,जेसी भिम सुवेदी लागयतको उपस्थीती रहेको थियो ।