तनहुँ । २०८१ चैत ७ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसइइ) सुरु हुदै छ । परीक्षाको लागि शुक्लागण्डकीमा ६ परीक्षा केन्द्र तोकिएको छ भने नगर भित्रका १ हजार २४६ विद्यार्थीे एसइइ परीक्षामा सहभागि हुदै छन् ।
शुक्लागण्डकीका २८ विद्यालयबाट एसइइ परीक्षामा साधारण धारतर्फ १ हजार १६५ जना र प्राविधिक धारतर्फ ८१ जना विद्यार्थीले परीक्षा दिदै छन् । जहाँ ग्रेडवृद्धि परिक्षामा साधारण धारतर्फ २३६ र प्राविधि धारतर्फ २५ जना विद्यार्थी रहेका छन् ।
तनहुँमा २६ पररीक्षा केन्द्र तोकिएको छ भने ६ हजार ३०२ जना परीक्षाका लागि सहभागि हुदै छन् । जिल्ला भित्रबाट एसइइ परीक्षामा साधारण धारतर्फ ४ हजार ८४४, प्राविधिका धारतर्फ १३३ र ग्रेडवृद्धि परिक्षामा १ हजार ३२५ जना विद्यार्थी सहभागि हुदै छन् ।