• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार ३
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

चौथो शुक्लागण्डकी महोत्सव समापन

हरि खरेल by हरि खरेल
March 4, 2025
in स्थानीय समाचार
A A
0
चौथो शुक्लागण्डकी महोत्सव समापन
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सव मंगलवार सम्पन्न भएको छ । महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले समापन गरे ।

सो अवसरमा मन्त्री बस्यालले महोत्सवले आर्थिक चलायमान बनाउन सहयोग पुग्ने बताए । उनले गण्डकी प्रदेश पर्यटनको प्रचुर सम्भावना रहेको प्रदेश रहेको बताउदै यसकै माध्यमबाट आर्थिक रुपमा सशक्त बन्न सकिने उल्लेख गरे ।

संघका अध्यक्ष एवम् मुल संयोजक समुन्द्रराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, संघका निर्वतमान अध्यक्ष विमल प्रसाद रिमाल, बरिष्ठ उपाध्यक्ष सुमन सापकोटा, महासचिव सुजन श्रेष्ठ लगायतले महोत्सव सफल भएको बताउदै सहयोगकालागि सबैलाई धन्यवाद दिए ।

फागुन ९ देखि शुरु महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको थियो । साथै राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा विक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, हस्तकलाका सामान विक्रि तथा प्रदर्शनीलाई समावेश गरिएकोे संघका महासचिव एवम् प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा आयोजित रत्यौली प्रतियोगितामा उन्नतीशिल आमा समुह शुक्लागण्डकी–४ प्रथम भयो । यसैगरी सिद्धार्थ आमा समुह, शुनपा–३ द्धितीय र शुक्लागण्डकी आमा समुह शुनपा–५ तृतीय हुन सफल भएको संयोजक रजनी थापाले जानकारी दिइन् । उनका अनुसार प्रगतिटोल आमा समुह शुनपा–६ र महेश्वर खनाल दिदी बहिनी समुह शुनपा–२ सान्त्वना भए । प्रतियोगितामा प्रथम हुन समुहले नगद २५ हजार, द्धितीयले २० हजार, तृतीयले १५ हजार सान्त्वना हुने समुहले नगद ७ हजार रुपैया र प्रमण पत्र पाए ।

खुल्ला नृत्यमा विपना सुनार प्रथम भइन् । यसैगरी इशिका नेपाली द्धितीय र अनुश्का लम्साल तृतीय भइन् । प्रथम, द्धितीय र तृतीय क्रमशः ३० हजार, २० हजार र १० हजार नगद साथमा प्रमण पत्र पाए ।

यसैगरी विद्यालयस्तरीय खुला नृत्य प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना क्रमशः अरनिको मावि खैरेनीटार, पञ्चमुनिदेव मावि दुलेगौंडा, माउण्ट अन्नपूर्ण मावि खैरेनीटार, आधारभूत मावि र कुमारी आवि भए । उनीहरुले क्रमशः १२ हजार, ८ हजार, ५ हजार र २/२ हजार रुपैया र प्रमाणपत्र पाए ।

उद्घाटनको दिन निकालिएको झाँकीतर्फ दुलेगौंडा गणपति तमु समाज उत्कृष्ट घोषित हुदै नगद २० हजार र प्रमाण पत्र प्राप्त ग¥यो । यसैगरी खैरेनीटार तमु समाज द्धितीय, श्रीकृष्ण सृजनशिल नेवाखल खैरेनीटार तृतीय र बौद्ध तमु समाज बेलचौतारा र कार्पा केली पुन समाज शुनपा–२ सान्त्वना भए । द्धितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वना दुबै समुहले ५/५ हजार रुपैया र प्रमाण पत्र पाए ।

सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव भएको हो ।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.