• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार २१
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

चौथो शुक्लागण्डकी महोत्सव समापन

हरि खरेल हरि खरेल
March 4, 2025
- स्थानीय समाचार
A A
0
चौथो शुक्लागण्डकी महोत्सव समापन
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सव मंगलवार सम्पन्न भएको छ । महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले समापन गरे ।

सो अवसरमा मन्त्री बस्यालले महोत्सवले आर्थिक चलायमान बनाउन सहयोग पुग्ने बताए । उनले गण्डकी प्रदेश पर्यटनको प्रचुर सम्भावना रहेको प्रदेश रहेको बताउदै यसकै माध्यमबाट आर्थिक रुपमा सशक्त बन्न सकिने उल्लेख गरे ।

संघका अध्यक्ष एवम् मुल संयोजक समुन्द्रराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, संघका निर्वतमान अध्यक्ष विमल प्रसाद रिमाल, बरिष्ठ उपाध्यक्ष सुमन सापकोटा, महासचिव सुजन श्रेष्ठ लगायतले महोत्सव सफल भएको बताउदै सहयोगकालागि सबैलाई धन्यवाद दिए ।

फागुन ९ देखि शुरु महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको थियो । साथै राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा विक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, हस्तकलाका सामान विक्रि तथा प्रदर्शनीलाई समावेश गरिएकोे संघका महासचिव एवम् प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा आयोजित रत्यौली प्रतियोगितामा उन्नतीशिल आमा समुह शुक्लागण्डकी–४ प्रथम भयो । यसैगरी सिद्धार्थ आमा समुह, शुनपा–३ द्धितीय र शुक्लागण्डकी आमा समुह शुनपा–५ तृतीय हुन सफल भएको संयोजक रजनी थापाले जानकारी दिइन् । उनका अनुसार प्रगतिटोल आमा समुह शुनपा–६ र महेश्वर खनाल दिदी बहिनी समुह शुनपा–२ सान्त्वना भए । प्रतियोगितामा प्रथम हुन समुहले नगद २५ हजार, द्धितीयले २० हजार, तृतीयले १५ हजार सान्त्वना हुने समुहले नगद ७ हजार रुपैया र प्रमण पत्र पाए ।

खुल्ला नृत्यमा विपना सुनार प्रथम भइन् । यसैगरी इशिका नेपाली द्धितीय र अनुश्का लम्साल तृतीय भइन् । प्रथम, द्धितीय र तृतीय क्रमशः ३० हजार, २० हजार र १० हजार नगद साथमा प्रमण पत्र पाए ।

यसैगरी विद्यालयस्तरीय खुला नृत्य प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना क्रमशः अरनिको मावि खैरेनीटार, पञ्चमुनिदेव मावि दुलेगौंडा, माउण्ट अन्नपूर्ण मावि खैरेनीटार, आधारभूत मावि र कुमारी आवि भए । उनीहरुले क्रमशः १२ हजार, ८ हजार, ५ हजार र २/२ हजार रुपैया र प्रमाणपत्र पाए ।

उद्घाटनको दिन निकालिएको झाँकीतर्फ दुलेगौंडा गणपति तमु समाज उत्कृष्ट घोषित हुदै नगद २० हजार र प्रमाण पत्र प्राप्त ग¥यो । यसैगरी खैरेनीटार तमु समाज द्धितीय, श्रीकृष्ण सृजनशिल नेवाखल खैरेनीटार तृतीय र बौद्ध तमु समाज बेलचौतारा र कार्पा केली पुन समाज शुनपा–२ सान्त्वना भए । द्धितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वना दुबै समुहले ५/५ हजार रुपैया र प्रमाण पत्र पाए ।

सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव भएको हो ।

👉 अन्य सम्बन्धित खबरहरु

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप
स्थानीय समाचार

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो
  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.