दुलेगौंडा । महाशिवरात्रीको अवसरमा शुक्लागण्डकी ११ साँखेमा आयोजना गरिएको महायज्ञ आज समापन भएको छ। साँखे देवलको शिवालय मन्दिरलाई धार्मिक धामको रुपमा विकास गर्ने उदेश्यले यही फागुन ८ गते देखी आयोजना गरीएको उक्त महायज्ञको आज समापन भएको छ ।

महायज्ञको अन्तिम दिन विहिवार वेलुकी सम्म रु ४३ लाख संकलन भएको महायज्ञ प्रचार प्रसार समितिका संयोजक रमेश गौतमले वताए । महायज्ञमा पण्डित कपिल भट्टले कथा वाचन गरेका थिए ।

शिवालय मन्दिरलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्ने र शिवालय मन्दिरको पुनःसंरचना गर्ने मुल उदेश्यले आयोजना गरीएको महायज्ञमा देवलिला , जनचेतना मुलक नाटक प्रस्तुती सहित संगीतमय कथा प्रवचन साथै हरेक दिन साँझ पितृ उद्धार श्रृङ्गरिक महा आरती समेत गरीएको थियो । तनहुँ र स्याङ्गजा जिल्लाको संगमस्थल समेत रहेको उक्त स्थानमा भएको यज्ञले समग्र क्षेत्रको विकासमा योगदान पुर्याउने देखिएको छ ।