दुलेगौंडा । शुक्लागण्डकी भूपू सैनिक ब्याडमिन्टनले तेस्रो संस्करणको राष्ट्रिय भूपू सैनिक तथा खुला महिला ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ ।
भूपू सैनिकहरू बिचकाे सम्बन्ध प्रगाढ गराउनुका साथै खेल क्षमताकाे अभिवृद्धि गराउनका निम्ति प्रतियोगिता आयाेजना गर्न लागेको शुक्लागण्डकी भूपू सैनिक ब्याडमिन्टनका सचिव प्रताप रानाले बताए ।
राष्ट्रिय स्तरकाे भूपू सैनिक ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुनेले ४० हजार, द्वितीय हुनेले २४ हजार, तृतीय हुने दुई टिमले समान ८/८ हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
यसैगरी महिला ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्वितीय हुनेले १२ हजार र तृतीय हुने दुई टिमले समान ४/४ हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
प्रतियोगिता यही फागुन १० र ११ गते हुने छ । प्रतियोगिता खैरेनीटार मगर समाज ब्याडमिन्टन हलमा हुने आयाेजकले जनाएको छ ।