दुलेगौंडा । तनहुँ जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित पञ्चमुनिदेव माध्यमिक विद्यालयको पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा पूर्णकुमार श्रेष्ठ चयन भएका छन् । मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा सम्पन्न मञ्चको प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सिता रिमाल, सचिवमा हरि खरेल, सहसचिवमा प्रकाश लामिछाने र कोषध्यक्षमा शान्त श्रेष्ठ चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा यामप्रसाद सापकोटा, कुमार भुजेल, लोकनारायण श्रेष्ठ, कृष्ण लम्साल, चन्द्र कुँवर र दशरथ श्रेष्ठ चयन भएका छन् ।
मञ्चका अध्यक्ष शंकर पन्तको सभापतित्वमा सम्पनन कार्यक्रममा पञ्चमुनिदेव माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक नारायणप्रसाद भट्टराई, निर्वतमान प्रधानाध्यापक धु्रवकुमार बमल्ल, वर्तमान प्रधानाध्यापक एकनारायण भण्डारी, कार्यक्रमका संयोजक सुरेन्द्र पौडेल, यामप्रसाद सापकोटा, विद्यालयकी शिक्षिका टुकादेवी आचार्य पौडेल लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन पूर्व विद्यार्थी मञ्चका सचिव शान्त श्रेष्ठले गरेका थिए ।