दुलेगौंडा । धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा स्थापित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधममामा खुला भजन कीर्तन प्रतियोगिता हुने भएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वको अवसरमा आयोजना हुने भजन कीर्तन प्रतियोगिताको विजेताले ५१ हजार, द्धितीय हुनेले ३६ हजार, तृतीय हुनेले २१ हजार र सान्त्वना हुनेले ५ हजार साथमा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
भजनको संरक्षण र प्रर्वद्धन गर्ने हेतुलि प्रतियोगिताको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए । महाशिवरात्रि पर्वको अवसरमा सामुहिक ब्रतबन्ध, अखण्ड दिप प्रज्वलन, शिवधुनी पुजन र विविध धार्मीक अनुष्ठान कार्यक्रम हुने भएको छ । साथै सोहि दिन वरिष्ट लोकदोहोरी तथा भजन गायक पुरुषेत्तम न्यौपाने र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष एवम् बहुचर्चित लोकदोहोरी गायिका रिता थापाको संगितकि प्रस्तुति रहनेछ ।
भक्तजनहरुका लागि धार्मिक स्थलको रुपमा विकास भएको च्यवनधाम परिसरमा १०८ धार, १०८ शिबलिङ्ग, १०८ वर पिपल, च्यवन गुम्बा, मोक्ष कुण्ड, वासुकी नाग स्थान लगायतका संरचनाहरु रहेको छ ।