दुलेगौंडा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा भानु नगरपालिका उत्कृष्ट भएको छ भने शुक्लागण्डकी नगरपालिकाको उपलब्धी न्यून देखिएको छ ।
आयोजनाबाट कार्यसम्पादन मूल्याङ्कनमा भानुले कुल ७१.४ प्रतिशत अङ्क प्राप्त गर्दा शुक्लागण्डकी नगरपालिकाले ५२.४ प्रतिशत मात्रै अङ्क प्राप्त गरेको छ । नगरपालिकातर्फ व्यासले ५६.४ प्रतिशत र भीमादले ६८.४ प्रतिशत अङ्क प्राप्त गरेको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा गाउँपालिका तर्फ बन्दिपुर उत्कृष्ट भएको छ । जहाँ बन्दिपुर गाउँपालिकाले कुल ५९.८ प्रतिशत अङ्क प्राप्त गरेको छ । यसैगरी म्याग्दे गाउँपालिकाले ५९.५ प्रतिशत, ऋषिङले ५६.३ प्रतिशत, आँबुखैरेनीले ५६ प्रतिशत र देबघाट गाउँपालिकाले ५० प्रतिशत अङ्क प्राप्त गरेको छ भने घिरिङ गाउँपालिकाले ४३.२ प्रतिशत मात्रै अङ्क प्राप्त गरेको छ ।
स्थानीय सरकारले कार्यसम्पदान गर्ने १७ वटा सूचकलाई आधार मानेर अंक दिइएको थियो । सूचकमा विनियोजित रकम, खर्च, राजस्वको लक्ष्य, खर्च, सामुदायिक विद्यालयमा कक्षा १० मा पास हुने विद्यार्थीको संख्या, लेखापरीक्षण, बेरुजु रकम लगायत रहेका छन् ।