दुलेगौंडा । तनहुँको भिमाद नगरपालिका–६ मा रहेको प्रभात एकेडेमी बोडिङ स्कुलकी शिक्षिका सुष्मा श्रेष्ठले विद्यार्थीलाई तातो पन्यूले डामेको समाचार बाहीर आएसंगै प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको छ ।
मंगलबार कक्षा कोठामा होहल्ला गरेको भन्दै कक्षा ४ मा अध्यनरत १० बर्षीय प्रमिस परियारसहित चार जना विद्यार्थीलाई शिक्षका श्रेष्ठले पन्यूले डामेर घाइते बनाएकी थिइन् । घटना बाहीर आएसंगै स्थानीय आक्रोसित भई सडकमा उत्रिएपछि उक्त शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो ।