दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको आभारभूत तह (९–१२) स्तरीय वक्तृत्वकला प्रतियोगितामा पञ्चमुनिदेव माध्यमिक विद्यालयकी गरिमा उपाध्याय प्रथम भएकी छिन् । ‘सामाजिक सञ्जालको प्रयोग र यसका असर’ शीर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा सहभागि १८ विद्यालयका प्रतियोेगीलाई पछाडि पार्दै प्रथम भएकी हुन् । जितसंगै गरिमाले नगद ४ हजार साथमा प्रमाण पत्र प्राप्त गरेकी छिन् ।
यसैगरी प्रतियोगितामा आधारभूत माध्यमिक विद्यालय साँखेकी रञ्जिता श्रेष्ठ द्धितीय भएकी छिन् भने लिटल गार्डेन बोर्डिङ स्कुलका इजाज अलि तृतीय भएका छन् । प्रतियोगितामा द्धितीय र तृतीय हुनेले क्रमशः नगद ३ हजार र २ हजार साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा विजेतालाई शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु), प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लाम्गादे, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमखु नवराज चापागाइले पुरस्कार वितरण गरेका थिए भने शिक्षा अधिकृत शुसिल नरालले कार्यक्रम सञ्चालन गरेका थिए ।