दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको आभारभूत तह (६–८) स्तरीय निबन्ध लेखन प्रतियोगितामा कञ्चनजंघा बोर्डिङ स्कुलकी समृती चौधरी प्रथम भएकी छिन् । ‘विपत व्यवस्थापनमा समुदायको भूमिका’ शिर्षकमा भएको निबन्ध लेखन प्रतियोगितामा सहभागि २६ विद्यालयका प्रतियोेगीलाई पछाडि पार्दै समृती प्रथम भएकी हुन् । जितसंगै समृतीले नगद ४ हजार साथमा प्रमाण पत्र प्राप्त गरेकी छिन् ।
यसैगरी प्रतियोगितामा ब्राइट फ्युचर बोर्डिङ स्कृलकी सिज्मा घिमिरे द्धितीय भएकी छिन् भने शुक्ला अधारभूत विद्यालयकी नितिसा थापा तृतीय भएकी छन् । प्रतियोगितामा द्धितीय र तृतीय हुनेले क्रमशः नगद ३ हजार र २ हजार साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा विजेतालाई शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु), प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लाम्गादे, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमखु नवराज चापागाइले पुरस्कार वितरण गरेका थिए भने शिक्षा अधिकृत शुसिल नरालले कार्यक्रम सञ्चालन गरेका थिए ।