दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको आभारभूत तह (१–५) स्तरीय चित्रकला प्रतियोगितामा बाराही आधारभूत विद्यालयका सुशील परियार प्रथम भएका छन् । प्रतियोगितामा सहभागि २५ विद्यालयका प्रतियोगीलाई पछि पार्दै परियार प्रथम भएका हुन् । जितसंगै परियारले नगद ४ हजार साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
यसैगरी प्रतियोगितामा श्रमिक आधारभूत विद्यालयका शिव राना र अमरज्योती माध्यमिक विद्यालयका आशिका चौधरी तृतीय भएका छन् । प्रतियोगितामा द्धितीय र तृतीय हुनेले क्रमशः नगद ३ हजार र २ हजार साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा विजेतालाई शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु), प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लाम्गादे, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमखु नवराज चापागाइले पुरस्कार वितरण गरेका थिए भने शिक्षा अधिकृत शुसिल नरालले कार्यक्रम सञ्चालन गरेका थिए ।