दुलेगौडा । ढोरेली सेवा समाज काठमाण्डौको आयोजनामा आईतबार राईपुर स्थित राजपुर माविमा वक्तृत्वकला तथा सर्बोकृष्ट छात्र-छात्रा सम्मान कार्यक्रम सम्पन्न भयो ।
ढोर क्षेत्रका ७ वटा विद्यालयहरुको १४ जनाको सहभागितामा सम्पन्न भएको वक्तृत्वकला प्रतियोगितामा गाउफर्कोदय माविकी छात्रा स्नेहा भण्डारीले प्रथम स्थान हासिल गरिन भने आधारभुत माविकी कृतिका अधिकारी द्वित्तिय, गाउफर्कोदय माविकी सजना भट्टराई तृत्तिय र महेन्द्र माविकी रक्षा भट्टराईले सात्वना स्थान हासिल गरे ।
कार्यक्रममा शैक्षिक सत्र २०८० काे एस. इ.इ. परीक्षामा ढाेर क्षेत्र अन्तर्गत छात्रा उत्कृष्ट जि.पि.ए. ल्याउन सफल गाउफर्कोदय माविकी छात्रा समीक्षा शर्मा र आधारभूत माविका अभिषेक पोख्रेललाई पनि प्रमाण पत्र र नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रम ढोरेली सेवा समाज, काठमाण्डौको अध्यक्ष शिव कुमारी कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।