दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकामा आजदेखि पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि एचपिभि खोप अभियान सुरु भएको छ ।
शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णरजा पण्डितले किशोरीहरुलाई पाठेघरको क्यान्सर हुनबाट जोगाउनका लागि लगाइदै गरेको खोप विश्व स्वास्थ्य सङ्गठनबाट स्वीकृति भएको हुदाँ ढुक्कसंग लगाउन आग्रह गरे । साथै उनले विद्यालय जानबाट बञ्चित किशोरीहरु छन् भने पनि नजिकैको स्वास्थ्य संथामा पुगेर खोप लगाउन आग्रह गरे ।
माघ ३० गतेसम्ममा विद्यालय जाने २ हजार ५९१ जना र अपाङ्गता तथा विशेष कारणले विद्यालय जानबाट बञ्चित ११५ जना गरी २ हजार ७०६ जना किशोरीलाई यो खोप लगाइने शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिबि थापाले बताए । उनका अनुसार विशेष कारणले खोप लगाउन छुटेका किशोरीहरुले फागुन २ गते नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन सकिने बताए ।
नगरपालिकाको स्वास्थ शाखाले ३२ स्थानलाई खोप केन्द्र तोकेर विद्यालयमन नै पुगेर एचपिभिको खोप प्रदान गरिरहेको छ । खोप अभियानको पहिलो दिन १२ वटा खोप केन्द्रबाट ६३७ जना किशोरीलाई यस खोप दिइएको छ ।