दुलेगौडा । केराको थामबाट घरायसी सामग्री वनाउने तालिम सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालय, दमौली तनहुँको आयोजनामा शुक्लागण्डकी नगरपालिका वडा नं २ मा रहेको श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा माघ २० गतेबाट २६ गतेसम्म एक हप्ते तालिम सम्पन्न भएको हो ।
केराको थामबाट रेसा निकाली घरमा उपयोग गर्न मिल्ने विभिन्न किसिमका हस्तकला सामग्री तयार पार्न सक्षम वनाउने उद्देश्यका साथ सो तालिम आयोजना गरिएको तालिमको प्रशिक्षक गोमा अवगाईले वताईन। स्थानीय स्तरमानै उपलब्ध कच्चा पदार्थ खरिदका लागि रकम समेत खर्च गर्न नपर्ने केराको थामबाट उपयोगि सामग्री वनाउन पाउदा आफुलाई ज्यादै खुशी लागेको र यो सिपलाई उपयोग गरी भविष्यमा थप सामग्रि निर्माण गरी वजारिकरण गर्नका लागि उत्प्रेरणा समेत मिलेको तालिममा सहभागि तुलसी शाहले वताईन ।
तालिममा शुक्लागण्डकी नगरपालिका भित्रका ११ जना महिलाका सहभागिता रहेको थियो । तालिम कार्यक्रमको समापन गर्दै वडा नं २ का वडा अध्यक्ष सुमन बहादुर राना मगरले खेरा जाने वस्तुलाई उपयोगि सामग्रीको रुपमा प्रयोग गर्न मिल्ने वनाउन सिकाउने यस्ता तालिमले स्थानीयलाई सहज रुपमा रोजगारी समेत सृजना गर्ने भएको हुनाले तालिमको निरन्तरताको लागि समेत पहल गर्ने वताए ।