दुलेगौंडा । गण्डकी प्रदेशले मंगलबार अर्थात माघ २२ गते सार्वजनिक बिदा दिएको छ।
मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार माघ २२ गते गण्डकी प्रदेश स्थापना दिवस रहेको हुदाँ सो अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो । सोमबार एक सुचना जारी गर्दै स्थापना दिवसको अवसरमा प्रदेशभित्रका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था विदा हुने जानकारी गराएको हो ।