दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-७ मालेबगरामा टिप्परकाे ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाेखरा महानगरपालिका-३२ कि ४१ बर्षिय अप्सरा श्रेष्ठ रहेकाे इलाका प्रहरी कार्यालय बेलचाैताराले जनाएको छ ।
खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ त ५८९६ नम्बरको टिप्परले विपरित दिशाबाट आउदै गरेको प्रदेश ३–०१०२२ च ६७७८ नम्बरको कार र ग ४ प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटर पछाडि रहेकी श्रेष्ठकाे घटनास्थलमा नै मृत्यु भएकाे थियाे भने स्कुटर चालक २१ बर्षिय दीपेशकुमार क्षेत्री सामान्य घाइते भएका थिए ।
यसैगरी कार चालक शुक्लागण्डकी-१० साँखे निवासी ३१ बर्षिय महेश पाैडेल सामान्य घाइतेभएका छन् । घाइते पाैडेल सामान्य उपचारपश्चात डिस्चार्ज भएकाे इप्रका बेलचाैताराका प्रमुख पाेषण थापाले बताए ।
टिप्पर चालक धादिङ जिल्ला निलकण्ठ नगरपालिका-२ भुलभुले बस्ने बर्ष ४० का प्रकाश गुरूङलाई प्रहरीले नियन्त्रण लिएको छ ।