दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका भित्रका २ हजार ७०६ जना किशोरीलाई `एचपिभि´काे खाेप लागइने भएको छ । पाठेघरकाे मुखकाे क्यान्सर राेकथाम तथा नियन्त्रणका लागि शुक्लागण्डकीमा माघ २७ गतेदेखि ३० गतेसम्म एचपिभि खाेप अभियान सुरू गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिबि थापाले बताए ।
२ हजार ५९१ जना विद्यालयमा अध्ययनरत विद्यार्थी र ११५ जना अपाङ्गता तथा विशेष कारणले विद्यालय जानबाट बञ्चित विद्यार्थीलाई याे खाेप प्रदान गर्न लागेको स्वास्थ्य शाखा प्रमुख थापाले बताए । उनका अनुसार याे खाेप कक्षा ६ देखि १० सम्ममा अध्ययनरत किशोरीलाई प्रदान गरिदै छ ।
नगरपालिकाकाे स्वास्थ शाखाले ३२ स्थानलाई खाेप केन्द्र ताेकेर विद्यालयमन नै पुगेर एचपिभिकाे खाेप प्रदान गर्न लागेको थापाकाे भनाइ छ । ताेकिएकाे समयमा खाेप लगाउन नसकेका किशोरीहरू फागुन १ गते आफ्नो नजिकैको स्वास्थ्य चाैकीबाट खाेप लिन सकिने थापाले बताए ।