दुलेगौंडा । सामाजिक तथा शैक्षिक व्यक्ति बिष्णु नारायण श्रेष्ठले रात्न माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । उनले विद्यालयको ६६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा स्वर्गीय पिता सत्य नारायण श्रेष्ठको स्मृतिमा ८५ हजार ५ सय ५ राशिको ‘सत्य नारायण श्रेष्ठ स्मृति अक्षयकोष’ स्थापना गरेका हुन् ।
विद्यालयका पूर्व विद्यार्थी समेत रहेका श्रेष्ठले आफुलाई यही विद्यालयले आजको स्थानसम्म उभ्याएको हुदाँ आफुले पनि विद्यालयको शैक्षिक स्तर वृद्धिमा सहयोग पु¥याउनका निम्ति अक्षयकोष स्थापना गरेको बताए । साथै उनले आफ्ना बालापनमा शिक्षा लिन निकै कष्टकर रहेको सम्झदै नयाँ पुस्ताले आर्थिक अभावकै कारणले शिक्षा लिनबाट बञ्चित नहुन भनेर अक्षयकोष स्थापना गरेको उनको भनाइ छ ।
म्याग्दे-६ सेराफाँटका श्रेष्ठ २०४२ सालमा यही विद्यालयबाट प्राथमिक शिक्षा पुरा गरी उच्च शिक्षा प्राप्तिका लागि सहर झरेका थिए । लायन्स क्लब अफ कैलाश चौतारीका पुर्ब अध्यक्ष समेत रहेका श्रेष्ठले न्यूरोड पाेखरामा न्यू मनोकामना घडी रेडियो ट्रेडिङ्ग सेन्टर सञ्चालन गरेर बसिरहेका छन् ।