दुलेगौडा । सामाजिक कार्यमा सक्रीय रहेकाे लायन्स क्बल अफ तनहुँ म्याग्देले रत्न माद्यमिक विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा वितरण गरेको छ ।
क्लबले रत्न माध्यमिक विद्यालयकाे ६६ ओैं बार्षिकाेत्सव तथा अभिभावक दिवस समारोहकाे अवसरमा विद्यालयमा अध्ययनरत ८४ विद्यार्थीलाई उक्त न्यानाे कपडा वितरण गरेको हाे । कार्यक्रममा बाेल्दै म्याग्दे गाउँपालिका-६ का वडाध्यक्ष हिरालाल गुरूङले ग्रामीण क्षेत्रका विद्यार्थीलाई प्रदान गरेकाे यस सहयोगले जाडाे समयमा विद्यार्थीहरू कठ्याङ्ग्रीदै विद्यालयसम्म धाउनुपर्ने अवस्थाकाे अन्त्य भएको बताए । ग्रामीण क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीकाे शैक्षिक स्तर सुधार र विद्यार्थीकाे आवश्यकता परिपुर्ति गर्नका निम्ति न्यानाे कपडा वितरण गरेको क्लबका अध्यक्ष पशुपति अर्यालले जानकारी दिए ।
क्लबका अध्यक्ष अर्यालकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा म्याग्दे गाउँपालिका-६ का वडाध्यक्ष हिरालाल गुरूङ, म्याग्दे गाउँपालिकाका कार्यपालिका सदस्य जानकी थापा, शुक्लागण्डकी नगरपालिका-७ का वडा सदस्य राजबहादुर थापा विद्यालयका प्रधानाध्यापक भाेजराज बास्तोला लगायतकाे उपस्थिति रहेको थियाे ।