दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहेकाे लियाे क्लब अफ दुलेगौंडा खैरेनीटार मन्त्रले एसइइ दिने विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । शुक्रबार शहिदकृष्ण माध्यमिक विद्यालयमा क्लबले एसईई दिने विद्यार्थीलाई शैक्षिक सामग्री स्वरूप क्याल्कुलेटर र ज्यामितिय बक्स हस्तान्तरण गरेको हाे ।
कार्यक्रममा बाेल्दै शुक्लागण्डकी-३ का वडाध्यक्ष सचिन भुजेलले विद्यार्थीकाे शैक्षिक गुणस्तर वृद्धि गर्न लियाे क्लबले अतुलनीय याेगदान दिएको बताए । व्यक्तिगत साेच र स्वार्थ त्यागेर समाज सेवामा अगाडि बढिरहेको क्लबले समाजमा सकारात्मक छाप छाड्न सफल भएको समेत बताए ।
कार्यक्रममा बाेल्दै क्लबका अध्यक्ष प्रमिला सिग्देलले विद्यार्थीकाे सिकाइ उपलब्धि वृद्धि गर्न सिकाइ सहयोग सामग्री हस्तान्तरण गरेको बताए । उनले आगामी दिनमा पनि विद्यार्थीहरूकाे साथमा रहेर यस्तै सहयोगका सामग्री हस्तान्तरण गर्ने बताए ।
क्लबका अध्यक्ष सिग्देलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष भुजेल सहित विव्यसका कार्यवाहक अध्यक्ष युवराज श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक राजन प्रसाद खनाल लगायतको उपस्थिति रहेको थियाे । कार्यक्रममा स्वागत मन्तव्य क्लबका प्रथम उपाध्यक्ष शंकर श्रेष्ठले गरेका थिए भने कार्यक्रमकाे सञ्चालन क्लबका द्धितीय उपाध्यक्ष शिवानी पाेख्रेलले गरेकी थिइन् ।