• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ बैशाख २७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

इप्रका बेलचाैताराबाट नागरिक सुनुवाइ

हरि खरेल हरि खरेल
January 23, 2025
- स्थानीय समाचार
A A
0
इप्रका बेलचाैताराबाट नागरिक सुनुवाइ
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । इलाका प्रहरी कार्यालय बेलचाैताराले नागरिक सुनुवाइ कार्यक्रम गरेको छ । `पारदर्शिता र सूचनाको सुनिश्चितता हाम्रो प्रतिबद्धता´ भन्ने नाराका साथ प्रहरीले जनप्रतिनिधि, राजनीतिक पार्टीका प्रतिनिधि, युवा क्लब, समाजसेवी, सरकारी तथा ग‌ैह्र सरकारी संस्थाका प्रतिनिधि, पत्रकारकाे उपस्थितिमा नागरिक सुनुवाइ कार्यक्रम गरेको हाे ।

कार्यक्रममा बाेल्दै शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुमबहादुर विक (राजु)ले प्रहरी र नागरिक बिचकाे नागरिक सुनुवाइ कार्यक्रमले नगर क्षेत्रभित्र शान्ति कायम गराउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । नगरमा हुने न्यायीक समितिले पनि प्रहरीकाे सहयोगमा विभिन्न विवाद समाधान गर्न सहयोग पुगेको बताउदै प्रहरीलाई पनि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।

कार्यक्रममा बाेल्दै इलाका प्रहरी कार्यालय बेलचाैताराका प्रमुख पाेषण थापाले जनताको साथमा रहेर प्रहरीले समाजमा शान्ति कायम गर्न सक्ने बताए । समाजमा हुने विभिन्न किसिमका घटनाको पहिलो सुचना संवाहक सम्बन्धित स्थानका नागरिक हुने हुदाँ यस्ता घटना समाधान गर्न प्रहरीलाई सुचना दिई सहयोग गर्न आग्रह गरे । साथै नागरिकबाट उठेका गुनासाहरू सम्बाेधन गर्न प्रहरी कार्यालय तयार रहेको बताए ।

नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी नायव निरीक्षक सुरज राजशंकरले हालसम्म प्रहरी कार्यालयबाट चालु आर्थिक बर्षमा २९ हजार बढीले सेवा लिएको बताए ।
अस्थायी ट्राफिक प्रहरी पाेष्ठले याे आर्थिक बर्षमा ८० लाख ९७ हजार बराबरको राजश्व सङ्कलन, नदिजन्य पदार्थ ओसारपसार सम्बन्धि कारबाही अन्तर्गत ८ सवारीलाई नियन्त्रणमा लिई १ लाख १२ हजार जरिवाना तिराइएकाे राजशंकरले बताए । कार्यालयकाे क्षेत्राधिकार पर्ने स्थानमा रहेका करिब ५ हजार बाेट गाँजा फडानी, १९४ वटा समुदाय प्रहरी साझेदारी कार्यक्रम गरिएको छ । साथै ४१ वटा सिसि क्यामेरा जडान गरी माेनिटरिङ मार्फत सेवा प्रदान गर्नुका साथै फरार प्रतिवादी पक्राउ गरि फैसला कार्यान्वयन गरिरहेकाे बताए ।

प्रहरी निरीक्षक थापाकाे सभापतित्वमा सम्पन्न कार्यक्रम विभिन्न वडाका वडाध्यक्ष, नागरिक समाजका प्रतिनिधि, युवा क्लबका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी लगायतले लागू ओैषध दुर्वयसन, करणी, दुर्ववहार लगायतका विषयमा जानकारी गराउदै समाधानका उपाय पनि बताएका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
स्थानीय समाचार

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
स्थानीय समाचार

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता

May 9, 2025
स्थानीय समाचार

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

May 5, 2025
पानी माग्दै ढोरवाराही मन्दिर
स्थानीय समाचार

पानी माग्दै ढोरवाराही मन्दिर

May 4, 2025
लियो युथ क्याम्प सम्पन्न
स्थानीय समाचार

लियो युथ क्याम्प सम्पन्न

May 3, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

जनसेवाको उपाधी मान्द्रेलाई

जनसेवाको उपाधी मान्द्रेलाई

April 13, 2025
पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

पञ्चमुनिदेवमा कक्षा १२ को विदाई

April 11, 2025
पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

कोत्रे भुजिकोट दाैडमा कार्की प्रथम

April 14, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
  • विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
  • सहमति पछी खुल्यो नगरको ताला
  • सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • पानी माग्दै ढोरवाराही मन्दिर
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.