दुलेगौंडा । नेपाल आदिवासी जनजाति महासंघ शुक्लागण्डकी नगर समन्वय परिषदले मातृभाषमा रेडियो कार्यक्रम सञ्चालन गर्न सक्ने जनशक्ति उत्पादन गर्न तालिम दिएको छ ।
बिहीबारदेखि सुरु भएको ६ दिने तालिमको उद्घाटन गर्दै परिषद्का सल्लाहकार संयोजक एवम शुक्लागण्डकी नगरपालिकाका कार्यपालिका सदस्य खिमबहादुर कुमालले भाषा संस्कृतिको संरक्षण गर्न समुदायस्तरबाट नै लागि पर्नुपर्ने बताए । साथै राज्यले पनि आदिवासी जनजातिको भाषा, संस्कृतिको संरक्षण गर्नका निम्ति स्पष्ट नीति बनाउन आवश्यक रहेको उनको तर्क छ ।
आदीवासी जनजाती महासंघ गण्डकी प्रदेश समन्वय परिषद्का सचिव एवम कार्यपालिका सदस्य विमल जिसीले रेडियोबाट आफ्नो भाषा सुनाउदै गर्द लक्षित समुदायले लाभ प्राप्त गर्ने र भाषको संरक्षण गर्न पनि टेवा पुग्ने बताए ।
आदीवासी जनजाती महासंघ शुक्लागण्डकी नगर समन्वय परिषद्की अध्यक्ष तुलसीकुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कूलकुमार कुमाल, कार्यक्रम संयोजक बिर्सना श्रेष्ठ, कोषाध्यक्ष कुलबहादुर भुजेल लगायतले बोलेका थिए । तालिममा आदीवासी जनजाती समुदायका ९ जनाको सहभागिता रहेको छ । रेडियोमा मातृभाषाको कार्यक्रम सञ्चाल, रेडियोको प्राविधिक, मोबाइल पत्रकारिता, समाचार लेखन लगायतका विषय तालिममा सहजीकरण हुनेछ । तालिमपश्चात सहभागीले स्थानीय सञ्चार माध्यममा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।