दुलेगोंडा । यही माघ १४ गते पञ्चमुनिदेव माध्यमिक विद्यालयले ५५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह गर्दै छ । बार्षिकोत्सव समारोहमा विद्यार्थीहरुले शैक्षिक सामग्री साथै अन्तरनिहित प्रतिभाको प्रष्फुटन गर्ने छ ।
देशकै नमुना विद्यालयको रुपमा स्थापित यस विद्यालयको बार्षिकोत्सव समारोहमा विद्यार्थीसंगै चर्चित गायिका एलिना चौहानले पनि आफ्नो संगितिक प्रस्तुति राख्ने विद्यालयका सुचना अधिकारी लक्ष्मण पुरीले जानकारी दिए । यसैगरी, विद्यालयको बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्न नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेल आउने छन् ।
कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा २ हजार २ सय भन्दा बढी विद्यार्थी रहेका छन् । कक्षा १० सम्म साधारण धारसंगै कक्षा ९ देखि प्राविधिक धारतर्फ पशु विज्ञान विषयमा पढाइ हुन्छ । यसैगरी कक्षा ११/१२ मा शिक्षा समूह, व्यवस्थापन समूह, विज्ञान समूह, कम्युटर विज्ञान समूह र प्रविधिक धारतर्फ पशु विज्ञान विषयमा पढाइ भइरहेको छ ।