दुलेगौंडा । तनहुँकाे प्रसिद्ध धार्मिक स्थल अकला मन्दिर परिसरमा तनहुँ जिल्लाभित्रका विज्ञान शिक्षककाे भेटघाट कार्यक्रम सम्पन्न भएको छ । विज्ञान शिक्षक समाज तनहुँको आयोजनामा जिल्ला भित्रका विज्ञान शिक्षककाे परिचयात्मक तथा बनभाेज कार्यक्रम गरिएको थियाे ।
भेटघाट कार्यक्रममा बाेल्दै टप्स एजुकेशन फाउन्डेसन पोखराका प्रबन्ध निर्देशक बलबहादुर थापा शिक्षकको क्षमता अभिवृद्धिका लागि आफ्नो संस्था स्टानसंग सहकार्य र सहयोग गर्न सदैब तयार रहेको बताए ।
विज्ञान शिक्षक समाज तनहुँका अध्यक्ष देवराज अधिकारीमाे सभापतित्वमा सम्पन्न कार्यक्रममा टाइम्स पब्लिकेशनका गण्डकि प्रदेश बजार व्यवस्थापक सन्तोष घिमिरे, अकला मन्दिर व्यवस्थापक समिति अध्यक्ष तथा मिन मावि थर्पूका प्रधानाध्यापक राजेन्द्र भण्डारीकाे उपस्थिति रहेको थिए भने कार्यक्रम संयाेजक नारायण पाेख्रेलले स्वागत मन्तव्य राखेका थिए भने विज्ञान शिक्षक समाज तनहुँ जिल्ला कार्यसमितिको सचिव तथा तालबेसी माविका प्रधानाध्यापक ध्रुव वाग्लेले कार्यक्रमकाे सञ्चालन गरेका थिए ।