दुलेगौंडा । खैरेनी माध्यमिक विद्यालयकाे ५६ ओैं बार्षिकाेत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ ।
कार्यक्रममा बाेल्दै शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले शिक्षाले नै देशकाे मुहार फेर्ने हुदाँ असल शिक्षा विद्यार्थीलाई प्रदान गर्न आवश्यक रहेको बताए । नगरपालिकाले यस आर्थिक बर्षलाई शैक्षिक सुधार बर्षकाे रूपमा अगाडि बढाएकाे हुदाँ नगर क्षेत्रभित्रका विद्यालयकाे शैक्षिक र भाैतिक सुधार गर्न अग्रसर रहेकाे बताए ।
विव्यस समितिका अध्यक्ष कमलमाेहन घिमिरेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर प्रमुख पण्डित साथै उपप्रमुख खुमबहादुर विक (राजु), वडा नम्बर ६ का वडाध्यक्ष बुद्धिबहादुर थापा,वडा नम्बर ५ का वडाध्यक्ष दीर्घ थापा, कार्यपालिका सदस्य खिम कुमाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य एवम् विव्यस सदस्य विमल जी.सीले स्वागत मन्तव्य राखेका थिए भने विद्यालयका शिक्षक बाेधराज ढकालले कार्यक्रम सञ्चालन गरेका थिए । विद्यालयकाे बार्षिकाेत्सवमा शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रम गरिएको थियाे । साथै उक्त कार्यक्रममा विद्यार्थीले आफ्नो कला प्रस्तुत गरेका थिए ।