दुलेगौंडा । नेपाल राष्ट्रिय शिक्षक संगठन शुक्लागण्डकीको अध्यक्षमा नारायण पौडेल सर्वसम्मत चयन भएका छन् । संघको तेस्रो अधिवेशनले पौडेलको सभापतित्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा धुव्र वाग्ले, महिला उपाध्यक्षमा इश्वरी लामिछाने, सचिवमा डिल्लीराज लामिछाने, सहसचिवमा मालति वाग्ले, कोषध्यक्षमा राजेश्वर घिमिरे र सह–कोषध्यक्षमा लिला थापा सर्वसम्मत चयन भएका छन् ।
बोधराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमम नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव राम प्रसाद पोख्रेल, प्रदेश कमिटी सदस्य राम्जी पोख्रेल, तनहुँ जिल्ला कार्यसमिति सचिव बाबुराम रानाभाट, नेपाल राष्ट्रिय शिक्षक संगठन मनाङ्का अध्यक्ष गोपि वाग्ले, नेपाल शिक्षक संघ शुक्लागण्डकीका सभापति ऋषिराम लामिछाने लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा १६ जना नवनियुक्त शिक्षक शिक्षक, ६ जना प्रधानाध्यापक र ९ जना सेवा निवृत्त शिक्षकलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन संगठनका सचिव राजेन्द्र लम्सालले गरेका थिए ।