दुलेगौंडा । नागरिक पहिलो अभियानले शुक्लागण्डकीमा सुझाव संकलन गरेको छ । अभियानले शनिवार दुलेगौंडामा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले अभियानलाई समेटेर लैजानुपर्ने विषयमा आफ्ना सुझाव दिएका थिए ।
अभियानका संयोजक जनार्दन वियोगीका अनुसार अभियानका गतिविधि टोलटोलमा प्रचार प्रसार गरी वडा तहसम्म विस्तार गर्ने योजना छ । अभियानले स्थानीय समस्याहरु संकलन गरि स्थानीय सरकार समक्ष माग पत्र पेश गर्ने, राष्ट्रिय मागलाई जनस्तरमा पु¥याउन घरदैलो कार्यक्रम गर्ने, सुसासनको पक्षमा हरेक नागरिकलाई जागरुक बनाउन लागिरहेको वियोगीले बताए ।
यसअघि अभियानले नगर भित्र रहेका नदिजन्य सामग्री नियमसम्मत तरिकाले सदुपयोग गर्नुपर्ने, क्रसर उद्योग तथा अन्य उद्योगहरु उद्योग सञ्चालनको नियम कानुनभित्र रहेर मात्र सञ्चालन गर्न कडाई गर्नुपर्ने, सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने, किशोर अवस्थाका बालबालिकामा दुव्र्यसन नियन्त्रण तथा निरुत्साहित गर्नुपर्ने, नदिनाला लगायत पानीका स्रोत, धार्मिक स्थलहरु त्था बजार समेतमा सरसफाईमा ध्यान दिनुपर्ने लगायतका बुँदाहरु समावेश गरि नगरको ध्यानाकर्षण समेत गराएको थियो ।