दुलेगौंडा । शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले स्वच्छ प्रतिस्पर्धात्मक व्यवसाय गर्न आग्रह गरेका छन् । शुक्लागण्डकी मोबाइल एण्ड इलेक्ट्रोनिक संघको दोस्रो साधारण सभाको कार्यक्रममा बोल्दै अस्वस्थ प्रतिस्पर्धाले अन्य व्यवसायलाई हानी गर्ने हुदाँ स्वस्थ्य प्रतिस्पर्धात्मक व्यवसाय गर्न आग्रह गरेका हुन् ।
व्यापारीको असाबधानिका कारण बजारमा गुणस्तर हिन सामग्री बिक्री वितरण हुन सक्ने हुदाँ व्यवसायीहरू यसप्रति पनि सचेत हुनुपर्ने बताए । मोबाइल तथा इलेक्ट्रोनिक संघ नगर उद्योग बाणिज्य संघ भित्रकै अङ्ग रहेको हुदाँ यस संघले आवश्यकता महसुस गरी परिस्कृत तालिम माग गरेको खण्डमा तालिमको पनि व्यवस्था गर्न बाणिज्य संघ तयार रहेको बताए ।
संघका अध्यक्ष हरिब थापको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य एवम् संघका सल्लाहकार कुलकुमार कुमाल, उद्योग बाणिज्य संघका सदस्य गमबहादुर केसी ९जिके० लगायत संघका सदस्यहरूको उपस्थिति रहेको थियो भने संघका सचिव सुबिल श्रेष्ठले कार्यक्रमको सञ्चालन गरेका थिए । हालसम्म संघमा ३२ सदस्य रहेका छन् ।