दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका ७ नम्बर वडा कार्यालयको आयोजनामा पुस ११ गतेदेखि १६ गतेसम्म उद्घोषण तालिम सञ्चालन भएको थियो । सुरुमा अरुले कार्यक्रम गरेको हेरेर बसेका महिलाहरु उद्घोषण तालिम लिएपश्चात आफैले कार्यक्रम सञ्चालन गरी समापन गरेका छन् ।
कार्यक्रममा बोल्दै प्रशिक्षार्थी पार्वती थापाले विगतमा माइक समातेर बोल्न नसकेको अनुभव गर्द हाल माइक समातेर बोल्न सक्ने भएको बताइन् । साथै उनले वडालाई आगामि दिनमा पनि यस्तै नेतृत्व विकासका कार्यक्रम सञ्चालन गरिदिन आग्रह गरिन ।
यसैगरी कार्यक्रममा बोल्दै प्रतिक्षा ढकालले अवसर नपाउदा दबिएर बसेको आवाज बाहिर ल्याउन तालिमले सहयोग पु¥याएको बताइन् । कार्यक्रममा सबैको मर्यादाक्रम थाहा नहुदाँ शिर निहुराएर सुनेर बस्न पर्ने स्थितीको अन्त्य भएको समेत बताइन् ।
सुरुमा आफ्नो नाम भन्न पनि डराएको अनुभव व्यक्ति गर्दै सर्मिला थापा श्रेष्ठले अहिले सबैको अगाडी ढुक्कसँग बोल्न सक्ने भएको बताइन् । अफुलाई विभिन्न कार्यक्रममा बोल्ने अवसर आउदाँ पनि तौर तरिका पु¥याएर बोल्न नजान्दा सधै पछाडि नै बसिरहन परेको बताइन् । उद्घोषण तथा नेतृत्वविकास तालिममले आफुलाई अब जुनसुकै कार्यक्रममा पनि बोल्ना सक्ने उर्जा र्पदा गरिदिएको उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै किरण कुमारी चौधरीले उद्घोषण तालिम लिइ सबैको सामु उभ्भिएर कार्यक्रममा बोल्ने रहर पुरा भएको बताइन् । यसअघि आफुले कतै यस्तो तालिम नपाएको र शुक्लागण्डकी नगरपालिका–७ ले यस तालिममा नाम समावेश गरी उद्घोषण तालिम लिने भोक मेटाइदिएको बताइन् ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका–७ का वडाध्यक्ष खड्क सिं थापाले आफ्नो वडाभित्र रहेका महिलाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए । साथै महिलाहरुको दबिएका आवाजहरु आफ्नै कानले सुन्दा खुसी लागेको बताए । आगामि दिनमा पनि थप यस्तै रचनात्मक कार्यक्रम ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।
सेराटार टोल विकास समितिकी अध्यक्ष सर्मिला केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष थापा सहित कार्यपालिका सदस्य शारदा ढकाल, गिरबहादुर थापा, राजबहादुर थापा लगायतको उपस्थिती रहेको थियो । तालिमको समापन कार्यक्रममा प्रपिशक्षार्थी विन्दु वाग्ले तिमिल्सेनाले स्वागत मन्तव्य, विन्दु तिमिल्सेनाले धन्यवाद मन्तव्य दिएकी थिइन् भने तालिमकै प्रशिक्षार्थी रितु नेपालीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
पाँच दिनसम्म सञ्चालन भएको तालिममा प्रशिक्षकको रुपमा शुक्ला न्यूजका सम्पादक हरि खरेल, प्रधानाध्यापक सिता गिरी, शिक्षक पशुपति अर्याल र शुक्लागण्डकी एफ एमका म्यानेजर राज उपाध्याय रहेका थिए । तालिममा ३५ जना वडाभित्र रहेका विभिन्न टोलका ३५ जना महिलाहरुको सहभागिता रहेको थियो ।