दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–५ मा एकैपटक चार वटा कार्यक्रम सञ्चालन भइरहेका छन् । कतै मादल बजाउने तालिम, कतै कृषि अभिमुखिकरण तालिम, कतै क्षमता विकास तालिम त कतै बाजा बजाउने तालिमहरु सञ्चालन भइरहेको छ ।
एउटै व्यक्तिले फरक फरक समयमा धेरै तालिममा सहभागि हुने हुदाँ सबैले अवसर नपाउने अवस्थाको अन्त्य गर्न एकै पटकमा धेरै तालिम सञ्चालन गरेको शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घ बहादुर थापाले बताए । उनका अनुसार एकै पटकमा धेरै तालिम सञ्चालन हुदाँ आम सर्वसाधरण नागरिकले आफ्नो आवश्यकता अनुसार तालिममा सहभागि हुन पाएका छन् ।
तालिम लिएपछि आत्मनिर्भर बन्न प्रेरणा मिलोस् भन्ने हेतुले व्यक्तिका दैनिक जीवनसंग सम्बन्धीत हुने किसिमको तालिम सञ्चालन भएको वडाध्यक्ष थापाको भनाइ छ । फरक फरक कार्यक्रमको उद्घाटन र समापन गर्दा समय र पैसाको खर्च बढी हुने हुदाँ समय र पैसाको बचत गर्नका निम्ति पनि यस कार्यक्रम सञ्चालन गरेको बताए ।