दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा स्थित हेल्थपोष्ट चोकमा नागरिक पहिलो अभियानले कोण सभा गरेको छ । नगरपालिकाभित्र रहेका विकृति र विसंगतिप्रति आवाज उठाउनका लागि नागरिक पहिलो अभियानले चरणबद्ध रुपमा कोणसभा गरिएको अभियानका संयोजक जनार्दश वियोगीले बताए ।
अभियानले नगरभित्र रहेका नदीजन्य सामग्री उत्खनन र विक्री वितरण साथै क्रसर उद्योग सञ्चालन नियम संगत ढङ्गबाट सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएको वियोगीले बताए । नगरभित्र रहेका अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन, बास्तविक कृषकलाई अनुदान, जनप्रतिनिधिले हरेक बर्ष सम्पत्ति सार्वजनिक गर्नुपर्ने, नगरका ऐतिहासिक तथा धार्मिक स्थलको सरसफाइमा जोड दिनुपर्ने कुरालाई पहिलो प्राथमिकता दिई अभियानलाई अगाडि बढाइएको बताए ।
दुलेगौंडामा भएको कोण सभामा बोल्दै महेश्वर भट्टराइले देशमा व्याप्त कुशासनलाई हटाएर शुसाशन स्थापना गर्नुपर्ने हरेक नागरिकको पहिलो अभियान रहेको बताए । अभियानले विकास निर्माणमा बाधा नपु¥र्याइ शिक्षा, स्वास्थ्य, सडक, सञ्चार हरेक क्षेत्रमा नागरिकसंग हातेमालो गर्दै अगाडि बढ्ने बताए ।
वियोगीको संयोगकत्वमा भएको कोण सभामा बिष्णु खत्री, थामी माया महत लगायतले मन्तव्य दिएका थिए ।