दुलेगौंडा । शुक्ला साहित्य संगम तनहुँले वरिष्ठ गायिका तथा प्राज्ञ हरिदेवि कोइराला सहित आठ जना स्रष्टालाई विशेष सम्मान गर्ने भएको छ । यही मंसिर २९ गते दुलेगौंडामा नगद पुरस्कार सहित साहित्य संगमले सम्मान गर्न लागेको हो ।
साहित्य संगमले नेपाली भाषा, साहित्य तथा कलाका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका वरिष्ठ गायिका तथा प्राज्ञ कोइराला सहित साहित्यकार तथा सञ्चारकर्मी आर्जु विष्ट ‘सल्यानी’, कवि यामप्रसाद सापकोटा, साहित्यकार स्ट्रगल राना, गायिका उर्मिला थापा र नवप्रतिभा विनता परियार र सिर्जना राना लगायतलाई संगमले सम्मान गर्ने लागेको हो ।
संगमकी अध्यक्ष टुकादेवि आचार्यले नेपाली भाषा, साहित्य, कलाका क्षेत्रमा साधनारत प्राज्ञ कोइरालालाई १५ हजार राशी सहितको शुक्ला विशिष्ट सम्मान प्रदान गरिने बताइन् । यसैगरी साहित्यकार तथा सञ्चारकर्मी सल्यानीलाई १० हजार पुरस्कार राशी सहित शुक्ला पुरस्कार, साहित्यकार रानालाई ११ हजार पाँच पुरस्कार राशी सहित शुक्ला मेनका यादव सम्मान, कवि सापकोटालाई पाँच हजार राशी सहितको शुक्ला प्रतिभा पुरस्कार तथा गायिका थापा सहित परियार र रानालाई रु तीन हजार राशी सहितको बाल प्रतिभा पुरस्कार प्रदान गरिने बताइन् ।
शुक्ला साहित्य संगमले प्रकाशन गरेको निवन्ध विशेषाङ्क समेत लोकार्पण गर्ने तयारीमा रहेको आयोजकले सोही दिन थप एक नयाँ पुरस्कार समेत घोषणा गरेर एक स्रष्टालाई सम्मान गर्ने भएको छ । संस्थाका संस्थापक शेषमणी आचार्य र धर्मपन्ती अम्विका आचार्यद्धारा स्थापना गरिएको पाँच हजार राशी सहितको शुक्लाग मधुहरि कालिकाश्री पुरस्कार सोही दिन घोषणा गरि सम्मानित स्रष्टा सहित सार्वजनिक गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।
संगमले स्थापना गरेको विभिन्न अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट प्रत्येक दुई÷दुई बर्षमा नेपाली, भाषा, साहित्य र कलाको क्षेत्रमा क्रियाशिल रहेकाहरुलाई सम्मान गर्दै आएको छ ।