दुलेगौंडा । व्यक्तित्व तथा नेतृत्व विकास साथै सामाजिक कार्यमा क्रियाशील शुक्लागण्डकी जेसिज बर्ष २०२५ काे अध्यक्षमा प्रकाश विक सर्वसम्मत चयन भएका छन् ।
जेसिजकाे २३ ओैं साधारणसभा तथा २२ ओैं शाखा अधिवेशनले विकलाई अध्यक्षमा चयन गरेको हाे ।
समितिकाे कार्यकारणी उपाध्यक्षमा पुकार श्रेष्ठ र मदन सिग्देल, महासचिवमा सुशिल भुजेल र कोषाध्यक्षमा भीष्म श्रेष्ठ चयन भएका छन् । यसैगरी उपाध्यक्षहरूमा सागर लामिछाने, प्रेम नारायण अर्याल, कजन श्रेष्ठ र प्रकाश भुसाल चयन भएका छन् ।
जसिज बर्ष २०२४ ले एक कार्यक्रम विच जेसिज बर्ष २०२५ का अध्यक्ष तथा कार्यसमिति सदस्यलाई पद हस्तान्तरण गर्ने छ । जेसिज बर्ष २०२५ काे कार्यकाल जनावरी १ गतेदेखि सुरू हुने छ ।