दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहेकाे लायन्स क्लब अफ दुलेगौंडा खैरेनी सिटी र लियाे क्लब अफ दुलेगौंडा खैरेनी सिटीकाे संयुक्त आयाेजनामा बिरूवा गाउँपालिका-५ मा रहेकमे देववाणी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानाे कपडा र शैक्षिक सामग्री वितरण गरेको छ ।
विद्यार्थीकाे पढाइलाई चिसाेले प्रभावित नगराेस् भन्ने हेतुले विद्यालयमा अध्यनरत ३७ विद्यार्थीलाई शैक्षिक सामग्री साथमा न्यानो कपडा वितरण गरिएको लायन्स क्लबका अध्यक्ष ठानप्रकाश न्याैपानेले बताए । जहाँ विद्यार्थीलाई ट्रयाक-सुट, टिसर्ट, जुत्ता र टाेपि साथमा शैक्षिक सामग्री वितरण गरिएको छ ।
तिहारकाे समयमा समूहमा देउसी भैलाे खेलेकाे पैसा साथमा विभिन्न सहयाेगी निकायबाट संकलित ८५ हजार रूपैयाँ बराबरको सहयोग विद्यार्थीलाई गरेको लियाे क्लबका अध्यक्ष विवेक वाग्लेले बताए ।
लायन्स क्लबका अध्यक्ष न्याैपानेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्सका पब्लिक रिलेसन अफिसर डाेलराज पाेख्रेल, बिरुवा गाउँपालिका- ५ का अध्यक्ष नङबहादुर थापा, वडा सदस्य बालकृष्ण वाग्ले , क्लबका पूर्व अध्यक्ष विमाल प्रसाद रिमाल, कृष्णप्रसाद पौडेल, शिव पौडेल, झुल प्रसाद शेरचन , सुरजकुमार श्रेष्ठ, राम प्रसाद लम्साल, शम्बु पौडेल, धर्मराज पोख्रेल, खिम काफ्ले, रामचन्द्र सिग्देल, चन्द्र परियार , सुशासन पौडेल, प्रीति तिवारी, मोनिका भण्डारी लगायतको उपस्थिति रहेको थियाे ।