दुलेगौंडा । कविता क्षत्री श्रेष्ठले आफ्नो जन्म दिनकाे अवसरमा शुक्लागण्डकी नगरपालिका-५ झराैटामा रहेकाे वृद्धआश्रममा खाद्यान्न सहयोग गरेकी छिन् ।
कविताकाे जन्मदिनमा श्रीमान् सुनिल श्रेष्ठले उपहार स्वरूप वृद्धाश्रममा खाद्यान्न सहयोग गर्ने व्यवस्था मिलाएका हुन् । शनिबार श्रेष्ठ दम्पती वृद्धाश्रममै गएर वृद्ध बाआमालाई खाद्यान्न सहयोग गरेको हाे ।
पार्टी गरेर सिमितलाई रमाइलो र मनाेरञ्जन गराउनु भन्दा सामाजिक कार्य गरेर दुःखीकाे सहयोग गर्दा बढी खुसी मिल्ने श्रेष्ठ दम्पतीकाे भनाई छ । उनिहरूका अनुसार आश्रममा बस्ने ४ जना वृद्ध बाआमालाई करिब ६ हजार बराबरकाे खाद्यान्न सहयोग गरिएको छ ।