दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे दाेस्राे दिनसम्म आइपुग्दा पञ्चमुनिदेव माध्यमिक विद्यालयले अग्रता कायम नै रहेकाे छ ।
१८ स्वर्ण, रजत र कास्य पदककाे छिनाेफानाे हुदाँ पञ्चमुनिले १० स्वर्ण, ५ रजत र २ कास्य पदक सहित अग्रता कायम गरेको हाे । हालसम्मको स्थितिमा हेर्दा पञ्चमुनिदेव माध्यमिक विद्यालयले रनिङ शिल्डकाे उपाधि हात पार्ने देखिएकाे छ ।
यसैगरी जारी प्रतियोगिता नेपाल पुलिस स्कुलले ३ स्वर्ण, २ रजत र २ कास्य पदक सहित दाेस्राे स्थानमा छ भने तालबेसी माध्यमिक विद्यालयले ३ स्वर्ण, २ रजत र १ कास्य पदक सहित तेस्राे स्थानमा छ ।
यसैगरी प्रतियोगितामा खैरेनि माध्यमिक विद्यालयले १ स्वर्ण, १ रजत र २ कास्य, गाउँफर्काेदय माध्यमिक विद्यालयले १ स्वर्ण, १ रजत र २ कास्य, अरनिको खैरेनीटारले ४ रजत र ४ कास्य, जनप्रेमी मावि र हंशबाहिनी मावि काे समान १/१ रजत र १/१ कास्य पदक हात पारेको छ ।
यसैगरी लाेटरबर्ड, आधारभूत मावि, सहिदकृष्ण मावि र कुश्मावति माविले समान १/१ कास्य पदक हात पारेको शुक्लागण्डकी नगरपालिकाका शिक्षा अधिकृत सुशील नरालले जानकारी दिए ।