दुलेगौंडा । नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटी अध्यक्षमा सरन सापकोटा चयन भएका छन् । समितिकाे दाेस्राे नगर अधिवेशनले सापकोटाकाे अध्यक्षतामा ५५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिकाे बरिस्ठ उपाध्यक्षमा रामचन्द्र भण्डारी, उपाध्यक्षमा दिपक सापकोटा र सुमन आले, सचिवमा सराेज पाैडेल, काेषाध्यक्षमा हिम कुमारी पाैडेल चयन भएका छन् ।
नगर समितिका अध्यक्ष मनराज गुरूङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व उपप्रधान तथा गृहमन्त्री नमरायणकाजि श्रेष्ठ, पूर्व मन्त्री आशा काेइराला, शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख एवम् माओवादी केन्द्रका नेता खुमबहादुर विक (राजु) लगायतको उपस्थिति रहेको थियाे ।