दुलेगौंडा । ३३ ओैं अन्तर्राष्ट्रिय अपङ्गता दिवसको अवसरमा आयाेजित अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा लिटल गार्डेन बाेर्डिङ्ग स्कुलका इजाज अलि प्रथम भएका छन् ।
सामाजिक विकास कार्यालय तनहुँले आयाेजना गरेकोे प्रतियोगिता प्रथम भएसंगै अलिले नगद ५ हजार साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।`समावेशी र दिगाे विकासका लागि अपाङ्गता भएका व्यक्तिको नेतृत्व प्रवद्धन´ शीर्षकमा भएको थियो ।
प्रतियोगितामा पञ्चमुनिदेव माध्यमिक विद्यालयकी सुदीक्षा राना द्धितीय र माउण्ट अन्नपूर्ण एकेडेमी, भिमादकी अस्मिता लामिछाने तृतीय भएकी छिन् । प्रतियोगितामा द्धितीय र तृतीय हुनेले क्रमशः ३ हजार, २ हजार साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।