दुलेगौंडा । ॐकारेश्वर योग साधना केन्द्र वडा नम्बर ४ ले मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा रहेका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । जाडो समयमा धाममा रहेका बा-आमालाई जाडो छल्न सहयोग होस् भनेर ज्याकेट, टोपि र पछ्यउरा वितरण गरेको ॐकारेश्वर योग साधना केन्द्र वडा नम्बर ४ का संयोजक नविन श्रेष्ठले बताए ।
तिहारको समयमा देउसी भैलोबाट संकलित रकम समाजिक कार्यमा नै खर्च गरौं भन्ने हेतुले न्यानो कपडा वितरण गरिएको श्रेष्ठले बताए । ॐकारेश्वर परिवारले धाममा रहेका ७ जना जेष्ठ नागरिकलाई धाम परिसरमा नै पुगेर उक्त न्यानो कपडा वितरण गरेको हो ।