दुलेगौंडा । दुई बर्ष अगाडी रुखबाट लडेर घाईते भएका शुक्लागण्डकी नगरपालिका–२ पिपलटार निवासी नरबहादुर थापालाई साँखर भैलो समूहले आर्थिक सहयोग गरेको छ ।
परिवारको सदस्यलाई सामान्य रासनपानि किन्नका लागि भएपनि रहात मिलोस भन्ने हेतुले भौलोबाट उठेको केही रकम थापाको लागि खर्च गरिएको समूहका सदस्य ददीराज ढुङ्गानाले बताए ।
थापालाई भौलो समूहले उनकै घरमा पुगेर नगद ६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । दुर्घटनापछि उपचार नपाएर लामो समयसम्म घरमा नै बस्न बाध्य थापालाई पछिल्लो समय विभिन्न माध्यमबाट आर्थिक सहयोग जुट्न थालेपछि उपचार गराउन पाएका छन् साथै बिस्तारै उनको स्वास्थ्य अवस्थामा सुधार आउदै जान थालेको छ ।