दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले माध्यमिक विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी तथा सिकाइ मेला आयोजना गर्ने भएको छ । नगरपालिकाले मंसिर १४ गते जनकल्याण माध्यमिक विद्यालयमा उक्त प्रतियोगितात्म सिकाइ मेला आयोजना गर्न लागेको हो ।
शिक्षण सिकाइको सन्दर्भमा शिक्षक र विद्यार्थीलार्ई शैक्षिक सामग्री निर्माण र प्रयोगमा जोड दिन सिकाइ मेला आयोजना गरिएको शुक्लागण्डकी नगरपालिकाका शिक्षा शाखा अधिकृत सशील नरालले बताए । यस मेलाले विद्यार्थीको सिकाइ उपलब्धी वृद्धि गर्नुका साथै सिकाइ सुधार बर्षलाई सफल बनाउन टेवा पुग्ने बताए ।
शैक्षिक सामग्री प्रदर्शनी तथा सिकाइ मेला प्रतियोगितात्मक हुने हुदाँ विद्यार्थीले ‘नो कष्ट, लो कष्ट’ मा सामग्रीहरु तयार गर्नुपर्ने नरालले बताए । उनका अनुसार विद्यार्थीले गणित, सामाजिक, नेपाली, अङ्ग्रेजि र विज्ञान विषयका सामग्रीहरु तयार गर्नुपर्ने छ । प्रतियोगितामा प्रथम हुने विद्यालयले १० हजार, द्धितीय हुनेले ८ हजार, तृतीय हुनेले ६ हजार र सान्त्वना हुने दुई विद्यालयले ४÷४ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।