दुलेगौंडा । दि डेली ड्रिप क्याफे दुलेगौंडाले देउसी भैलाेबाट संकलित रकम मध्य केही प्रतिशत मृगौला पीडित बिरामीलाई सहयोग गरेको छ ।
समूहले आइतबार भीमाद नगरपालिका-२ बोक्साङकी मृगौला पीडित अनिसा रानालाई उनको घरमै गएर नगद २० हजार ५ रूपैयाँ सहयोग गरेको हाे ।
भैलाेबाट संकलित रकमबाट दुखि र पीडित व्यक्तिको सहयोग गर्न पाउँदा खुसी लागेको समूहका सदस्य प्रज्वल गुरूङले बताए । यस रकमले मृगौला पीडितकाे पुरै उपचार नभए पनि सामान्य रासनपानी खाना अर्थात् ओैषाधि उपचार गराउन सहयोग पुग्ने बताए ।