दुलेगौंडा । सहिद कृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीका अभिभावकलाई अभिभावक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । सेवा संस्कार मिडिया प्रालिको आयाेजना र शुक्वलागण्डाडकी नगरपालिका ३ नम्बर वडा कार्यालयकाे आर्थिक सहयोगमा अभिभावक सचेतना कार्यक्रम भएको हाे ।
कार्यक्रममा बाेल्दै शुक्लागण्डकी नगरपालिका-३ का वडाध्यक्ष सचिन भुजेलले छाेराछाेरीकाे उज्ज्वल भविष्य निर्माणका लागि अभिभावकहरूलाई सचेत गराउन यस कार्यक्रम सञ्चालन गरिएको बताए । `हरेक अभिभावकले आफ्ना सन्तानको भविष्य राम्रो हाेस् भन्ने चाहान्छन् । तर, अहिले हरेक अभिभावकले सन्तानको ख्याल गर्न नसक्दा छाेराछाेरी कुलतमा लागेका छन् । यस्तो अवस्थालाई चिर्न अभिभावक सचेतना कार्यक्रम आयाेजना गरिएको हाे´ भुजेलले भने ।
शुक्लागण्डकी नगरपालिकाका शिक्षा अधिकृत एवम् विद्यालय निरिक्षक सुशील नरालले विद्यार्थीकाे सिकाइ क्षमता वृद्धि गर्न अभिभावककाे भुमिका महत्त्वपूर्ण हुने बताए । घरबाटै बालबच्चालाई असल भावनाकाे विकास गराउनुका साथै बालकमा नेतृत्व क्षमता वृद्धि गर्न पनि अभिभावक शिक्षित हुन आवश्यक रहेको बताए ।
वडाध्यक्ष भुजेलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका व्यवस्थापन समिति अध्यक्ष परर्शुराम शर्मा भण्डारी, विद्यालयका प्रधानाध्यापक राजनप्रसाद खनालले बाेलेका थिए । कार्यक्रमका प्रशिक्षककाे रूपमा आचार्य लक्ष्मण भण्डारी र सीता गिरी रहेका थिए । कार्यक्रममा १३५ जना अभिभावककाे सहभागीता रहेकाे थियाे ।